PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

'केजीएफ २' र 'ए मेरो हजुर ४' ले बक्सअफिसमा कति कमायो ?



पहिलोपोस्ट

'केजीएफ २' र 'ए मेरो हजुर ४' ले बक्सअफिसमा कति कमायो ?

दक्षिण भारतीय फिल्म 'केजीएफ-च्याप्टर २' ले नेपाली सिनेमाहलमा आक्रामक व्यापार गरिरहेको छ। वैशाख १ गतेदेखि रिलिज भएको यस फिल्मले तीन दिनमा ६ करोड कलेक्सन गरिसकेको छ।

'केजीएफ-२' लाई गोपीकृष्ण मुभिजको सिस्टर कम्पनी 'अ एट फिल्म्स प्राइभेट लिमिटेड'ले नेपाल भित्र्याएको हो। करिब ४ करोड नेपाली रूपैयाँमा नेपाल ल्याइएको यस फिल्मले तीन दिनमा ६ करोडको व्यापार गरिसकेको संचालक निरज पौडेलले बताए।

'केजीएफ २ ले नेपालमा निकै राम्रो व्यापार गरिरहेको छ। यस फिल्मले नेपालमा तीनदिनमा ६ करोड ग्रस कलेक्सन गरेको छ। जुन आरआरआर को भन्दा २० प्रतिशत बढी हो। आज पनि हलमा ८०/९० प्रतिशत अकुपेन्ची छ।' उनले भने।

त्यसैगरि, वैशाख १ गतेदेखि नै रिलिज भएको नेपाली फिल्म 'ए मेरो हजुर ४' ले पनि दर्शकको राम्रो साथ पाएको छ।

'केजीएफ २' को मारमा परेको यस फिल्मले सिनेमा हलहरुमा कम शो पाएको छ। तर पनि उत्साहजनक व्यापार गरिरहेको हल संचालकहरूको भनाई छ।

अनमोल केसी र सुहाना थापा अभिनित यस फिल्मले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको निर्माण पक्षको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell