PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

कांग्रेसबाट पोखरा महानगरको प्रमुखमा १८ जनाको दाबी, प्रदेश मन्त्री विन्दुकुमार पनि आकांक्षी



पहिलोपोस्ट

कांग्रेसबाट पोखरा महानगरको प्रमुखमा १८ जनाको दाबी, प्रदेश मन्त्री विन्दुकुमार पनि आकांक्षी

पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट १८ जनाले दाबी पेस गरेका छन्।

कांग्रेस पोखरा महानगर समितिले आइतबार ४ बजेसम्म प्रमुख र उपप्रमुख पदमा आकांक्षीलाई उम्मेदवारी पेस गर्न आह्वान गरेको थियो। उक्त आह्वानपछि आइतबार पार्टीको पोखरा महानगरपालिकाको सचिवालयमा पुगेर १८ जनाले दाबी पेश गरेका हुन्।

कांग्रेस पोखरा महानगर समितिका सचिव गणेशबहादुर थापाका अनुसार महानगर प्रमुखका लागि अठार जना आकांक्षीले दाबी पेश गरेका छन्। यसरी प्रमुख पदका लागि दाबेदारी दिनेमा गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा समेत छन्। यसअघि पनि थापा प्रदेश छाडेर महानगरमा आउने चर्चा चलेको थियो। तर, उनले चुनाव लड्ने इच्छा नभएको जिकिर गरेका थिए। मन्त्री थापा २०७४ सालको निर्वाचनमा कास्की २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

दाबी पेश गर्नेमा बहालवाला मन्त्री थापासहित कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्च्छे, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले छन्।

त्यस्तै, उपप्रमुखमा १० जनाले आकांक्षा देखाएका छन्। आन्तरिक दाबी पेस गर्नेमा चिनु गुरुङ, मिलन थापा, माया बराल, लक्ष्मी पाण्डे, रंगिला आचार्य, आनन्दी राणा, टीकाकुमारी गुरुङ, दिपक मल्ल, शिव केसी र गोविन्द नेपाली रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell