PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

पल शाह प्रकरणमा ट्वीष्ट, पीडित किशोरीले फेरिन् बयान



पहिलोपोस्ट

पल शाह प्रकरणमा ट्वीष्ट, पीडित किशोरीले फेरिन् बयान

काठमाडौँः अभिनेता पूर्णविक्रम शाह ( पल) बाट पीडित भनिएकी किशोरीले बयान फेरेकी छिन्। जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा किशोरीले बयान बदलेकी हुन्।

पीडितले आफूले तेस्रो पक्षमा उक्साहटमा आएर जाहेरीमा सनाखत गरेको बकपत्र गरेकी छिन्। दबाबमा पारेर कागजमा सही गराएको, जाहेरीका लागि दबाब दिएको पीडितले बयानमा उल्लेख गरेको स्रोतले बतायो।    

दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले अभिनेता शाहललाई चैत १० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो। थुनछेकपछि आइतबार अदालतमा पीडितको बकपत्र भएको हो।

'पहिलेको भन्दा बयान बदलिएको छ। आफूलाई पीडकले केही नगरेको बयान दिएकी छिन्। यो होस्टाइल भएको हुन सक्छ,' स्रोतले भन्यो।

फागुन ११ गते किशोरीका तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको थियो।

अदालती बयानमा पीडक भनिएका शाहले जबर्जस्ती करणी अस्वीकार गरेका छन्। तर, अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा राति १२ बजे पीडितकोमा गएको स्वीकार गरेका थिए। जसको औचित्य पुष्टि गर्न नसकेको भन्दै अदालतले शाहलाई थुनामा पठाउने आधार बनाएको थियो।

यस्तै पीडितले गरेको बयान र मौकामा व्यक्त गरेका घटना विवरण र अन्य व्यक्तिहरुको बयानले समर्थन गरेको आदेशमा उल्लेख थियो। पीडितको र बयानमा सामेल अन्य व्यक्तिहरुको भनाईलाई समर्थित गरेको भन्दै अदालतले शाहलाई थुनामा पठाएको थियो।

पीडितले नै बयान बदलेपछि अदालती प्रक्रियामा ट्वीष्ट आएको छ।

शाहले जिल्लाको थुनछेक आदेशउपर उच्च अदालतमा निवेदन समेत दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell