PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

मकवानपुरमा अझै जुटेन गठबन्धनमा सहमति, सोमबार सहमति नभए केन्द्रमै पठाइने



पहिलोपोस्ट

मकवानपुरमा अझै जुटेन गठबन्धनमा सहमति, सोमबार सहमति नभए केन्द्रमै पठाइने

हेटौँडाः सत्ता गठबन्धनले सोमबारसम्म मकवानपुरमा सिट बाँडफाँटमा सहमति गर्ने तयारी गरेका छन्। सोमबार साँझ ५ बजेसम्म सहमति खोजिने गठबन्धनमा आवद्ध दलहरुले जनाएका छन्।

आइतबार बैठक बस्ने भनिए पनि माओवादी केन्द्रको आन्तरिक छलफलका कारण बैठक बस्न सकेन। माओवादीको छलफलका कारण बैठक सोमबारसम्म स्थगित भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले बताए।

‘माओवादीको आन्तरिक छलफलका कारण बैठक नबसेको हो,’ पोखरेलले भन्, ‘सोमबारका बैठकले सबै विषयमा लगभग सहमति गर्नेछ र सहमति नबने प्रदेश र केन्द्रमा लेखेर पठाउने विषयमा सहमति हुनेछ।’

हेटौँडा केन्द्रको जिम्मा

मकवानपुरका गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच अहिलेका ६ स्थानीय तहमा सोही पार्टीलाई नै दिने विषयमा सहमति भएको छ।

जस्तो नेपाली कांग्रेसले बकैया र राक्सिराङ गाउँपालिका, माओवादी केन्द्रले वाग्मती गाउँपालिका र थाहा नगरपालिका, एकीकृत समाजवादीले कैलाश र ईन्द्रसरोवर गाउँपालिका लिने विषयमा तीनै दल सहमत छन्।

बाँकी ४ स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकासहित स्थानीय तह जसलाई दिए पनि मान्य हुने गठबन्धनमा सहमति बनेको छ। हेटौँडा उपमहानगरमा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ। मनहरि, भीमफेदी र मकवानपुरगढी गाउँपालिका तीन दलले एक–एक वटा लिन तयार छन्। मनहरिमा माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीको दाबी छ। एकीकृत समाजवादीले हेटौँडा लिए मनहरि आफूहरुले पाउनुपर्ने कांग्रेसको दाबी छ। माओवादीको पनि मनहरिमा अध्यक्षसहित अन्यमा उपप्रमुख पाउनुपर्ने दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell