PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

पञ्जाबमाथि हैदराबादको सहज जित



पहिलोपोस्ट

पञ्जाबमाथि हैदराबादको सहज जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्टेडियममा सम्पन्न खेलमा हैदराबादले ७ विकेटको रोमाञ्चक जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो। पञ्जाबका लागि लिअम लिभिङस्टोनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा शाहरुख खानले २६ रन, प्रभसिमरन सिंहले १४ तथा जोनी बेयरस्ट्रोले १२ रनको योगदान दिए।

बलिङतर्फ उमरन मलिकले उत्कृष्ट बलिङ गर्दै २८ रन दिएर ४ विकेट लिए। त्यस्तै भुवनेश्वर कुमारले ३ तथा टी नटराजन र जगदीश सुचितले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १८.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। हैदराबादका लागि एइडन मार्करमले सर्वाधिक अविजित ४१ रन बनाउँदा निकोलस पुरन ३५ रनमा अविजित रहे। त्यसअघि राहुल त्रिपाठीले ३५ तथा अभिशेक शर्माले ३१ रन बनाएका थिए।

बलिङतर्फ राहुल चहरले २ तथा कागिसो रबाडाले १ विकेट लिए।

जितसँगै ६ खेलबाट ८ अंक जोडेकव हैदराबाद चौथो स्थानमा उक्लिएको छ भने ६ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ।

आजै दोस्रो खेलमा चेन्नइ सुपर किंग्स र गुजरात टाइटन्स प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell