PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पाल्पाकी ७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ



पहिलोपोस्ट

पाल्पाकी ७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

बुटवल : पाल्पामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

गत शनिबार राति तानसेन नगरपालिकामा बस्दै आएकी वृद्ध महिलालाई रिब्दीकोट गाँउपालिका–४ भैरवस्थानका २७ वर्षीय सञ्जय सुनारले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिए।

सुनारले ति वृद्ध महिलालाई मध्यराति भैरवस्थान मन्दिर नजिकै बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

डीएसपी थापाले सुनारलाई पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिए। पाल्पामा पछिल्लो समय बलात्कारजन्य घटना बढ्दै गएको प्रहरीको तथ्यांकमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell