PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते



पहिलोपोस्ट

माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

काठमाडौंः माछा मार्न बनाएको बम पड्किँदा दाङको लमही नगरपालिका-८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन्।

लमही नगरपालिका-८ असानिस्थित राप्ती नदीमा माछा मार्न गएको अवस्थामा माछा मार्न बनाएको बम हातमा नै पड्किन जाँदा उनीहरू घाइते भएपछि उपचारको लागि लमही दाङतर्फ पठाएकोमा उपचारपछि एक  जना डिश्चार्ज भएका छन्। भने अन्य घाइतेहरुको उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell