PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

विमानस्थलमा बिग्रिएको बैङ्कका एटिएम मिसिन तत्काल बनाउन गृहमन्त्रीको निर्देशन



पहिलोपोस्ट

विमानस्थलमा बिग्रिएको बैङ्कका एटिएम मिसिन तत्काल बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर जानकारी लिएका छन्।

गृहमन्त्री खाणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएका हुन्। त्यस्तै गृहमन्त्री खाणले विमानस्थलभित्र रहेका बैङ्कका एटिएम मिसिन बिग्रिएर यात्रुहरूले दुःख पाइरहेको गुनासो आइरहेको भन्दै तत्काल समस्या समाधानका लागि पनि निर्देशन दिएका छन्।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी सहभागी थिए।

प्रवक्ता पोखरेलले सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएको बताए।

‘माननीय मन्त्रीज्यूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिनुभयो,’ प्रवक्ता पोखरेलले भने, ‘विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिने व्यवस्था मिलाउन पनि मन्त्रीज्यूबाट निर्देशन भएको छ।’

गृहमन्त्री खाणले तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell