PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

बेलुकासम्म महानगर र उपमहानगरमा सहमति हुने प्रचण्डको दावी, भन्छन् : निर्वाचन सर्ने हल्ला निराधार



पहिलोपोस्ट

बेलुकासम्म महानगर र उपमहानगरमा सहमति हुने प्रचण्डको दावी, भन्छन् : निर्वाचन सर्ने हल्ला निराधार

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन नसर्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन्।

देश निर्वाचन प्रक्रियामा होमिएको भन्दै उनले ३० गते नै निर्वाचन हुने दावी गरेका हुन्। संविधानसभा र प्रतिनिधि सभाको निर्वाचनको बेला पनि चुनाव सर्ने हल्ला चलेको उनको भनाइ थियो।

‘गठबन्धन दृढ छ। हाम्रोमा अचम्मको हल्ला चल्छ, बडो विचित्रको चुनावकै दिन बिहान पनि निर्वाचन सर्छ भन्ने हल्ला चल्छ,’ उनले भने।

आज बेलुकासम्म ६ महानगरपालिका र उपमहानगरपालिकामा मेयर/उपमेयरको उम्मेद्वारमा सहमति हुने उनले बताए। आज फेरि बैठक बस्ने भन्दै उनले बेलुकासम्म टुंगो लगाउने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell