
काठमाडौं : नयनराज पाण्डेको उपन्यास 'उलार' वैशाख ६ गतेबाट मञ्चन हुने भएको छ। चे शंकरको परिकल्पना तथा निर्देशन रहेको यो नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन हुन लागेको हो। गार्डेन थिएटरको कथा घेरासँगको सहकार्यमा नाटक मञ्चन गर्न लागेको हो।
यस नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईंलगायत कलाकार मुख्य भूमिकामा देखिने छन्।
चे शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एन्ड स्कुल ब्वायलगायत नाटक मञ्चन भइसकेका छन्।
२५ वर्षअघि प्रकाशित 'उलार' नेपालगंजको परिवेशमा बुनिएको उलार सीमान्त तहका जनताको संघषको कथा हो। नयनराज पाण्डेको महत्वपूर्ण कृतिका रुपमा रहेको उलारको कथा र यसले उठाएका मुद्दा वर्तमान समाजमा सान्दर्भिक रहेको निर्देशक चे शंकरले बताए।
यो नाटक वैशाख ६ देखि १८ सम्म मञ्चन हुनेछ।