PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज गौतमले पार्टी छाडे



पहिलोपोस्ट

माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज गौतमले पार्टी छाडे

बुटवल : नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज जीवन गौतमले चुनावको मुखमा पार्टी छाडेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले माओवादीको साधारण सदस्यसमेत नरहने गरि पार्टी त्यागेको घोषणा गरेका हुन्।

गौतम २०६५ सालदेखि एकता केन्द्र मासलबाट माओवादीमा आवद्ध भएका थिए। माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका गौतम घोराही उपामहानगरपालिकाको मेयरको दावेदार थिए।

गौतमले पार्टीमा गुटबन्दी, सिन्डिकेट बढ्दै गएकोले पार्टी छाडेको प्रतिक्रिया दिएका छन्।

नारायणकाजी श्रेष्ठनिकट मानिने गौतमले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गर्दै आएका थिए। माओवादी केन्द्र छाडेपछि केही समय कुनै पनि पार्टीमा प्रवेश नगर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell