PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आठ महिनामा भित्रियो एक हजार ३५७ वटा विद्युतीय सवारी साधन



पहिलोपोस्ट

आठ महिनामा भित्रियो एक हजार ३५७ वटा विद्युतीय सवारी साधन
Photo : Forbes

काठमाडौं : भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।।

विभागका अनुसार चीनबाट मात्रै ७५७ वटा विद्युतीय सवारी साधन भित्रिएको छ। त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका सवारी साधनको संख्या मात्रै १०१ वटा छन्। त्यस्तै, १५० किलोवाटदेखि २०० किलोवाट बराबरको ब्याट्री क्षमता भएका  ६५६ वटा विद्युतीय सवारी साधन स्वदेश भित्रिएका छन्।

भारतबाट ४२४ वटा, दक्षिण कोरियाबाट विभिन्न क्षमताका १३२ वटा, अमेरिकाबाट १५ वटा, जापानबाट २८ वटा विद्युतीय सवारी साधनको आयात भएको छ। हाइब्रिडतर्फ (जुन पेट्रोल र विद्युतीय दुवै) १४ वटा सवारी आयात भएका छन् । त्यसमा जर्मनीबाट दुई, दक्षिण कोरियाबाट चार, अमेरिकाबाट आठवटा त्यस्ता सवारी आयात भएका छन्।

त्यस्तै, नेपालमा नै ल्याएर एसेम्बल गर्ने प्रयोजनका साथ चीनबाट ५८४ र भारतबाट १८० वटा विद्युतीय सवारी साधन आयात भएको विभागको विवरणमा उल्लेख छ।

कार, जीप र भ्यानको आयात मूल्य हेर्दा रु तीन अर्ब ९७ करोड १० लाख ९४ हजार बराबर देखिन्छ। ती सवारी आयात गर्दा सरकारले रु  एक अर्ब आठ करोड १६ लाख ३३ हजार बराबरको भन्सार राजश्व संकलन गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell