PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

मधेश प्रदेशमा गठबन्धनबिच तालमेल होला ? जारी छ बैठक



पहिलोपोस्ट

मधेश प्रदेशमा गठबन्धनबिच तालमेल होला ? जारी छ बैठक

जनकपुरधाम : मधेश प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धन दलको बैठक आज बिहान ११ बजे देखि जारी छ। आइतबार पनि प्रदेश तहका नेताहरुबिच छलफल भएको थियो।  

स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने विषयमा जनकपुरस्थित  जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदश पार्टी कार्यालयमा बैठक चलिरहेको छ। गठबन्धनमा आवद्ध दलका प्रदेश अध्यक्ष र नेताहरुको उपस्थितिमा तालमेलको मोडालिटी टुंगो लगाउनबारे आजको बैठकपछि निष्कर्ष निस्कन सम्भावना रहेको उनले बताए।

पछिल्लोपटक बसेको केन्द्रीय सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेसम्म प्रतिवेदन पेश गर्न प्रदेशलाई निर्देशन दिएको थियो। तर, स्थानीय संयन्त्रले अहिलेसम्म सहमति जुटाउन सकेको छैन।

आइतबार भएको बैठकमा गठबन्धनका घटक दलहरुले हरेक पालिकाको जिल्लास्तरीय रिपोर्टिङ गरेका थिए। यस्तै, आ-आफ्नो तर्फबाट पार्टीगतरुपमा धारणा प्रस्तुत गरिएको जसपा मधेश प्रदेश समितिका मुख्यसचिव दिनेशकुमार यादवले जानकारी दिए।

बैठकमा नेपाली कांग्रेसस मधेश प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, नेकपा माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेश प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेश प्रदेश समितीका इन्चार्ज धर्मनाथ साहलगायतका नेताहरूको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell