PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

दिल्ली क्यापिटल्समा थप दुई जनालाई कोभिड-१९ संक्रमण



पहिलोपोस्ट

दिल्ली क्यापिटल्समा थप दुई जनालाई कोभिड-१९ संक्रमण
फाइल फोटो: बीसीसीआई

इण्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सका दुई खेलाडीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। दिल्लीका फिजियो पेट्रिक फरहार्ट यसअघि नै कोभिड संक्रमित भएका थिए।

यससँगै एक खेलाडीसहित दुई जनालाई कोभिड संक्रमण पुष्टि भएको इएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ। योसँगै आज पुणे जाने योजनामा रहेको दिल्लीको टिम मुम्बईस्थित होटलमा क्वारेन्टाइनमा रोकिएको छ। १० अप्रिलमा दिल्लीले पञ्जाबसँग खेल्ने तालिका छ।

खेलाडी संक्रमित भए खेल प्रभावित हुन्छ?

आइपीएलको नियम अनुसार खेलाडी संक्रमित भएको खण्डमा ७ दिनका लागि आइसोलेसनमा पठाउनु पर्ने हुन्छ। यसक्रममा छैटौँ र सातौँ दिनमा कोभिड टेस्ट नेगेटिभ आए बायोबबलमा जान सक्नेछ।

त्यस्तै, धेरै जना संक्रमित भएको खण्डमा भने म्याच रिसेड्युल हुनेछ। एउटा टिममा कम्तीमा ७ भारतीय खेलाडी र बढीमा ४ विदेशी खेलाडी हुन्छन्। यसैबाट सन्तुलन मिलाएर प्लेइङ ११ बन्छ। यदि कोभिड संक्रमणले टिमको सन्तुलन बिग्रन्छ भने खेल रिसेड्युल हुने नियम छ।

अघिल्लो वर्ष पनि टिमहरुमा कोभिड संक्रमण देखिन थालेपछि आइपीएल स्थगित भएको थियो। पछि, बाँकी रहेका खेलहरु यूएईमा सम्पन्न भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell