PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अर्जुनकुमारको 'गोरे सार्की' मा सौगात पक्का!



पहिलोपोस्ट

अर्जुनकुमारको 'गोरे सार्की' मा सौगात पक्का!

काठमाडौं : निर्माता अर्जुनकुमारले फिल्म 'गोरे सार्की' बनाउने घोषणा गरेका छन्। निकेश खड्काको निर्देशनमा गोरे सार्की बनाउन लागेको निर्माता अर्जुनकुमारले जानकारी दिए।

फिल्मको मुख्य कलाकारको लागि अभिनेता सौगात मल्लसँग मौखिक कुराकानी भएको समेत उनले बताए। 'सौगातसँग मौखिक कुराकानी भएको छ। सौगातले नै फिल्ममा काम गर्ने पक्का जस्तै भइसकेको छ। तर लिखित सम्झौता हुन बाँकी नै छ' उनले भने।

साथै मुख्य अभिनेत्री र अन्य कलाकारहरूको छनोट कार्य जारी नै रहेको उनले बताए। सोसल कमेडी ड्रामा विषयवस्तुमा निर्माण हुने फिल्मको लेखन आकाश बरालले गर्नेछन्। फिल्मको जेठ अन्तिम साताबाट छायांकन सुरू गरिनेछ।

निर्माता अर्जुनकुमार र  निकेश खड्कासँग सौगातले यसअघि फिल्म 'फाटेको जुत्ता' मा  सहकार्य गरिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell