PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

गठबन्धनको बैठक चलिरहँदा कास्की कांग्रेसको विज्ञप्ति : एकीकृत समाजवादीसँग तालमेल हुन सक्दैन



पहिलोपोस्ट

गठबन्धनको बैठक चलिरहँदा कास्की कांग्रेसको विज्ञप्ति : एकीकृत समाजवादीसँग तालमेल हुन सक्दैन

पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा दाबी गर्दै आइरहेको नेकपा एकीकृत समाजवादीसँग नेपाली कांग्रेस कास्कीले गठबन्धन नगर्ने निर्णय गरेको छ। गठबन्धनको बैठक चलिरहँदा एक विज्ञप्ति जारी गर्दै कास्की कांग्रेसले एकीकृत समाजवादीसँग तालमेल हुन नसक्ने बताएका हुन्।

एकीकृत समाजवादीको अस्वभाविक दाबीका कारण तालमेल गरेर अघि बढ्न नसकिएको जिल्ला कार्यसमितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति जारी गर्नुपुर्व सचिव ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने लेखेका थिए।

गठबन्धनको एक चरणको बैठक आज बिहान बसेको थियो। सो बैठकले निष्कर्ष निकाल्न नसकेपछि आज दिउँसो पुन: १ बजेदेखि गठबन्धन बैठक बसिरहेको छ।

एकीकृतले पोखराको प्रमुखमा दाबी गरिरहँदा कांग्रेसले पनि प्रमुख पद आफ्नो हुनुपर्ने अडान कसेको छ। यता जनता समाजवादी पार्टीसँग पनि गठबन्धनको खटपट देखिन्छ। कांग्रेस कुनै पनि पालिकामा अन्य दललाई प्रमुख नदिने पक्षमा छ। जसपाले तालमेल नमिले एक्लै चुनावमा होमिने चेतावनी बिहानको बैठकमा दिइसकेको छ।

'गठबन्धनमा कांग्रेस ठुलो पार्टी भएपछि ठुलो भाग खोज्नु स्वभाविक हो। तर, मिलेर जाउ भन्ने हाम्रो कुरा। नमिले बाहिरिन्छौं,' गठबन्धनका एक नेताले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell