PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन



पहिलोपोस्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्ने निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मन्त्री खाणले अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला तथा कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर निर्देशन दिएका हुन्।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे जानकारी लिँदै तत्काल सुधार्न निर्देशन दिनुभएको छ’, प्रवक्ता पोखरेलले भने।

गृहमन्त्री खाणले विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिन आवश्यक व्यवस्था मिलाउनका साथै विमानस्थलभित्र रहेका बैंकका एटिएम मेसिन बिग्रिएको भन्दै यात्रुको गुनासो आएको भन्दै तत्काल समस्या समाधानका लागि निर्देशन दिएका छन्।

तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गरेर सेवालाई सहज बनाउन पनि उनले निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell