काठमाडौं : गायक देवेन्द्र बब्लुको ‘हिरोनी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा देवेन्द्रसँगै गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ।
देवेन्द्रकै शब्द, संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्। सार्वजनिक भिडियोमा देवेन्द्रका साथै मोडल कविता नेपालीको अभिनय रहेको छ। देवेन्द्रकै निर्देशन र कन्सेप्टमा गीतको भिडियो निर्माण भएको हो।
तीनमहिनाअघि देवेन्द्रले ‘म त पर्खेको पर्खै छु’ गीत ल्याएका थिए। उक्त गीतले निकै चर्चा पाएको थियो।