
काठमाडौँः सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएको छ। स्थानीय तह निर्वाचनको सिट बाँडफाँटबारे सहमति गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ। सोमबार बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरुको बैठक निरन्तर बसेको थियो। तर, सिट बाँडफाँटमा सहमति नभएको हो।
सोमबार बिहानदेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महानगर र उपमहानगरको उम्मेदवारको टुंगो लगाउने एजेण्डामाथि छलफल भएको थियो।
कांग्रेसबाहेकका अन्य दलहरु माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीलाई एकरएक महानगरको नेतृत्व दिनेबारेमा बैठकमा प्रस्ताव भएको थियो। तर, नेपाली कांग्रेसले अधिकांश महानगरको नेतृत्व आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ।
जसकारण प्रस्तावमा सहमति जुट्न नसकेको हो।
६ महानगर र ११ वटा उपमहानगरबारे गठबन्धनमा रहेका दलहरुले आ–आफ्नो दाबी गरिरहेका छन्।
सोमबार बिहानको बैठकमा भएको छलफलबारे आ(आफ्नो पार्टीमा रिपोर्टिङ गरेर फेरि बैठक बसेको थियो।
चैत १७ गते औपचारिक निर्णय गरेर भागबन्डाको गृहकार्यमा जुटेको गठबन्धन निर्वाचन आयोगले तोकेको वैशाख ११ र १२ गतेको उम्मेदवारी मनोनयनको नजिक आइपुग्दा पनि अनिर्णित छ।