PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना काठमाडौंबाट समातिए, एक वर्षमा ६६ करोड रुपैयाँको कारोबार



पहिलोपोस्ट

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना काठमाडौंबाट समातिए, एक वर्षमा ६६ करोड रुपैयाँको कारोबार

काठमाडौँ क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न अनुप मिश्र, दिपेश थापा र राहुल चचानलाई नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले उनीहरुलाई शनिबार र आइतबार काठमाडौँको महाबौद्ध, न्यूरोड र कलंकीबाट कारोबारमा प्रयोग हुने विद्युतीय उपकरणसहित पक्राउ गरेको हो। अनुसन्धानमा ६६ करोड ७९ लाख ७९ हजार ९६३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

उनीहरु विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम अनुसन्धान भइरहेको छ।

पक्राउ परेकामध्ये अनुपले ३५ करोड ४६ लाख ८३ हजार, दिपेशले २४ करोड ७९ लाख ५६ हजार रुपैयाँ र राहुलले ६ करोड ५३ लाख रुपैयाँ कारोबार गरेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell