PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

बिस्का जात्रामा रथले किचेर घाइते भएका पुरुषको मृत्यु



पहिलोपोस्ट

बिस्का जात्रामा रथले किचेर घाइते भएका पुरुषको मृत्यु

काठमाडौँः भक्तपुरमा बिस्का जात्राको रथले किचेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ५ का ७१ वर्षका दुर्गामान कस्पालको मृत्यु भएको हो। जात्रा हेर्ने क्रममा उनलाई रथले किचेको थियो। घाइते कस्पालको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

सोमबार करिब पौने ६ बजे गहिटीबाट बंशगोपालतर्फ लाँदै गरेको रथ नासमाना चोकमा पुग्दा पाङ्ग्राले कस्पाललाई किच्दा गम्भीर घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell