PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

चहलको ह्याट्रिकसहित ५ विकेट र बटलरको सानदार शतकको सहायतामा राजस्थानको सनसनीपूर्ण जित



पहिलोपोस्ट

चहलको ह्याट्रिकसहित ५ विकेट र बटलरको सानदार शतकको सहायतामा राजस्थानको सनसनीपूर्ण जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा राजस्थानले कोलकत्तामाथि ७ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। राजस्थानलाई विशाल लक्ष्यतर्फ डोहोर्‍याउन जोस बटलरले शतकीय पारि खेल्दै सर्वाधिक १०३ रन बनाउँदा कप्तान सञ्जु सामसनले ३८ रन बनाए। त्यस्तै शिमरन हिटमायरले २६ रन बनाउँदा देबदत्त पार्डिकलले २४ रन जोडे।

फितलो बलिङ गर्दै १६ रन अतिरिक्त दिएको कोलकत्ताका लागि सुनिल नारेनले २ विकेट लिँदा शिवम मभी, प्याट कमिङ्स र आन्द्रे रसेलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता दुई बल बाँकी छँदा २१० रनमा अलआउट भयो। कोलकत्ताका लागि कप्तान श्रेयस ऐय्यरले सर्वाधिक ८५ रन बनाउँदा ओपनर आरोन फिन्सले ५८ रन बनाएका थिए। त्यस्तै उमेश यादवले २१ तथा नितिश रानाले १८ रन बनाए।

बलिङतर्फ युजवेन्द्र चहलले ह्याट्रिकसहित ५ विकेट लिँदा ओबेड म्याकोइले २ तथा प्रशिद कृष्णा र रविचन्द्र अश्विनले समान १ विकेट लिए।

जितसँगै ६ खेलबाट ८ अंक जोडेको राजस्थान दोस्रो स्थानमा उक्लिएको छ भने ६ अंक जोडेको कोलकत्ता तालिकाको छैटौं स्थानमा छ। कोलकत्ताको यो लगातार तेस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell