PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

नगर र गाउँपालिकामा गठबन्धनबिच तालमेल हुन नसके प्रतिस्पर्धा : वर्षमान पुन



पहिलोपोस्ट

नगर र गाउँपालिकामा गठबन्धनबिच तालमेल हुन नसके प्रतिस्पर्धा : वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुंगो लाग्ने बताएका छन्। पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आसन्न स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताएका हुन्।

दलहरूबिच आ-आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उनको भनाइ छ।

पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट पनि मिलाउने कोसिस भइरहे पनि मिल्न नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने जानकारी दिए।

‘नगर र गाउँपालिका पनि माथिबाटै मिलाउन कोसिस गरेका छौँ। नमिले गठबन्धनबाटै हामी प्रतिस्पर्धा गछौँ, महानगरको र उपमहानगरको भने आज टुंगो लाग्छ,’ उनले भने।

तल्ला तहमा सिट बाँडफाँटका लागि माथिबाट पहिला कुन दलले कति प्रतिशत लिने भनेर संख्या तय गरेर प्रदेश र जिल्ला समितिलाई मिलाउन सहजीकरण गर्न सकिने पुनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell