PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

गभर्नर अधिकारीको मुद्दा फुयालको इजलासमा, निलम्बन खारेज गर्न माग



पहिलोपोस्ट

गभर्नर अधिकारीको मुद्दा फुयालको इजलासमा, निलम्बन खारेज गर्न माग

काठमाडौं : सरकारले छानबिन गर्ने भन्दै पदबाट निलम्बन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका गभर्नर महाप्रसाद अधिकारीको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ।

अधिकारीले गत आइतबार सर्वोच्चमा वकिलहरुमार्फत रिट हालेका थिए। उनले छानबिन समिति खारेज गरी तत्काल पुन: बहालीका लागि आदेश माग गरेका छन्। न्यायाधीश फुयालको इजलासमा मंगलबार ४ वटा पेशी तोकिएको छ। जसमा अधिकारीको पेशी चौथोमा राखिएको छ।

गभर्नर अधिकारीलाई सरकारले चैत २४ गते बिहीबार निलम्बन गर्ने निर्णय गरेको थियो। त्यसको जानकारी शुक्रबार मात्र गराइएको थियो। यद्यपि छानबिन समितिले गत आइतबारबाट मात्र औपचारिक काम थालेको जनाएको छ।

सर्वोच्चले अधिकारीको पक्षमा फैसला दिए उनी पुन:बहाली हुने छन्। यदि नदिए छानबिन समितिले प्रतिवेदन बुझाएर सरकारले निर्णय नगरुन्जेल उनी निलम्बन हुनेछन्। सरकारले उनलाई हटाउनकै लागि निलम्बन गरेका कारण छानबिन समितिले ‘अधिकारीबाट अर्थतन्त्रलाई खतरा भएको’ निष्कर्ष निकाल्ने सहज अनुमान गर्न सकिन्छ।

अधिकारीसँग प्रत्यक्ष रूपमा प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पनि अर्थमन्त्री जनार्दन शर्मा रिसाएका थिए। अधिकारीमाथि शर्माले व्यक्तिगत आक्षेपसमेत लगाउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell