PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रसिया युक्रेन युद्धको ५४ औं दिन : दोनबासका लागि सुरु भयो ‘ब्याटल’



पहिलोपोस्ट

रसिया युक्रेन युद्धको ५४ औं दिन : दोनबासका लागि सुरु भयो ‘ब्याटल’
Photo : AP

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले दोनबास क्षेत्रका लागि युद्ध सुरु भएको बताएका छन्। दोनबास क्षेत्र रसिया समर्थित विद्रोही समूहको नियन्त्रणमा छ।

रसियाले ५४ दिन अघि युक्रेनका दुई विद्रोही क्षेत्र दोनबास र लुहान्सकलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि युद्ध सुरु भएको थियो। हालसम्म जारी युद्धमा दुवै तर्फबाट हजारौं मानिसको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसंघले भने हालसम्म २ हजार ७२ जना सर्वसाधरणको मृत्यु भएको र २ हजार ८१८ जना घाइते भएको जनाएको छ। ४८ लाख भन्दा बढी युक्रेनीहरु पलायन भइसकेका छन्।

रसियालले हाल युक्रेनको पूर्वी क्षेत्रमा आक्रमणलाई तीब्र बनाएको जेलेनस्कीको दाबी छ। उनले रसियाविरुद्ध आफ्नो देशको सेना प्रतिकारमा उत्रिने बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell