PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

जनकपुरधामको मेयरका लागि लोसपाबाट सिफारिस भएका जानकी राम साह एमालेमा प्रवेश



पहिलोपोस्ट

जनकपुरधामको मेयरका लागि लोसपाबाट सिफारिस भएका जानकी राम साह एमालेमा प्रवेश

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट सिफारिस भएका जानकी राम साह नेकपा एमालेमा प्रवेश गरेका छन्। स्थानीय तह निर्वाचनको मनोनय हुन केही दिनमात्र बांकी रहँदा २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित साह एमाले प्रवेश गरेकीका हुन्।

भक्तपुरको बालकोटमा पुगेका उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका हुन्।

मेयरमा सिफारिसमा भएका साह लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन्।

लोसपाबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ। लोसपाले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीलाई सिफारिस गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell