PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

आईपीएल: बेङ्ग्लोर र लखनउ भिड्दै, शीर्षस्थानको होड



पहिलोपोस्ट

आईपीएल: बेङ्ग्लोर र लखनउ भिड्दै, शीर्षस्थानको होड
फाइल फोटो: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपरजाइन्ट प्रतिस्पर्धा गर्दैछन्। जारी सिजन ६ खेल खेलेका दुबै टोली ४ जित र २ हार ब्यहोर्दै ८ अंक जोडेका छन्। उनीहरुको निकट प्रतिद्वन्द्वी राजस्थान रोयल्स र सनराइजर्स हैदराबादको पनि समान ८ अंक छ। नेटरनरेटका आधारमा लखनउ तेस्रो र बेङग्लोर चौथो स्थानमा छ। र, यी दुबै टोलीका लागि सुनौलो अवसर छ जित निकाल्दै शीर्षस्थानमा उक्लने। हाल ६ खेलबाट १० अंक जोडेको गुजरात टाइटन्स शीर्षस्थानमा छ।

आजको खेलमा जित निकाल्दै शीर्षस्थानमा उक्लने होडमा दुबै टोली हुनेछन्। यी दुई टोलीको ब्याटिङ शैली फरक छ। कप्तान फाफ डुप्लिसिसको ओपनिङ स्किल र दिनेश कार्तिकको फिनिसिङ स्किलको सहयतामा बेङ्ग्लोरले ब्याटिङ लय समातेको छ। अर्कोतर्फ लखनउका केएल राहुल र क्विन्टन डी ककले ओपनिङ सानदार गरिरहेका छन्। मध्यक्रममा भने स्थायीत्व कमजोर देखिएको छ। बलिङको कुरा गर्दा दुबै टोलीमा केही समानता छ। जोस हेजलवुट र मार्कस स्टोइनिसको उपस्थितिले क्रमश बेङ्ग्लोर र लखनउलाई विकल्प थपेको छ।

खेल बेलुकी पौने ८ बजे मुम्बईस्थित डीवाई पटेल स्टेडियममा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell