PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

नेपाली विद्यार्थीलाई विशेष छुट दिन उत्तराखण्ड सरकार तयार



पहिलोपोस्ट

नेपाली विद्यार्थीलाई विशेष छुट दिन उत्तराखण्ड सरकार तयार
PHOTO : DNA INDIA

काठमाडौं : भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराउने बताएका छन्।

नेकपा एमालेका नेता महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए। सो क्रममा धार्मिक पर्यटन र महाकाली नदीमा  दुई देशका जनताबीच देखिएको पारवहन, यातायात समस्या र सिँचाइको समस्या तथा तुइन काटिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा समेत कुराकानी भएको बताइएको छ।

मुख्यमन्त्री धामीले पशुपतिनाथ र केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त समेत गरेको तिवारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell