PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

आलिया १२ वर्षकी हुँदा नै रणवीर थिए उनका फ्यान



पहिलोपोस्ट

आलिया १२ वर्षकी हुँदा नै रणवीर थिए उनका फ्यान

बलिउड स्टार आलिया भट्ट र रणवीर कपुर १४ अप्रिलमा वैवाहिक बन्धनमा बाँधिए। करिब पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको पहिलो भेटको किस्सा पनि निकै रोचक छ।

आलिया र रणवीरको पहिलो भेट सन् २००२ मा भएको थियो। त्यसबेला सञ्जय लिला भंसालीले फिल्म 'बालिका बधू' बनाउने तयारी थिए। जसमा उनी रणवीरसँगै आलियालाई कास्ट गर्न चाहन्थे।

सो समय आलिया १२ वर्षकी थिइन् भने रणवीर २० वर्षका। बालिका बधूकै सेटमा आलिया र रणवीरको पहिलो भेट भएको थियो। त्यसबेला दुबैले सँगै फोटो सुट पनि गरेका थिए। जब भन्सालीले आलियालाई रणवीरको काँधमा टाउको राख्न भने उनी खुसीले रमाएकी थिइन् तर सीन भने गर्न सकेनन्। त्यसपछि उनीहरूको सँगै सहकार्य हुन सकेन।

पहिलो भेटका बारेमा सम्झिदैँ रणवीरले एक अन्तर्वातामा भनेका छन्, 'हामी सञ्जय लिला भन्सारीको बालिका बधुबाट डेब्यु गर्न लागेका थियौँ।  जुन धेरैलाई थाहा छैन। यसका लागि हामीले फोटोसुट पनि गरेका थियौँ। त्यसबेलादेखि नै म आलियाको फ्यान भएको थिए।'

रणवीर कपुर र आलिया भट्ट अयान मुखर्जीको फिल्म 'ब्रह्मास्त्र' मा सँगै देखिनेछन्। यो फिल्म ९ सेप्टेमबरमा रिलिज हुनेछ। रणवीर र आलियाको एकसाथ काम गरेको यो पहिलो फिल्म हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell