PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसबाट खेलराज पाण्डे सिफारिस



पहिलोपोस्ट

बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसबाट खेलराज पाण्डे सिफारिस

बुटवल : बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट खेलराज पाण्डेको नाम सर्वसम्मतले सिफारिस भएको छ।

पार्टीको नगर समितिको बैठकले नगर सभापति समेत रहेका पाण्डेलाई सर्वसम्मत रुपमा मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए।

पाण्डे २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए। सुवेदीले २३ हजार २४९ र पाण्डे २० हजार ८५१ मत ल्याएका थिए। पाण्डे २ हजार ३९८ मतले पराजित भएका थिए।

उपप्रमुखमा ८ जना सिफारिस

कांग्रेस बुटवलको उपप्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रीता सेन, रीता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम सिफारिस भएको छ। अब नगरले पठाएको नामलाई जिल्ला कार्यालयले अनुमोदन गरेपछि बुटवलको उम्मेद्वारहरूको टुंगो लाग्नेछ।

त्यस्तै, बुटवल उपमहानगरपालिकामा एमालेबाट ८ जनाको नाम सिफारिस भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell