PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुखमा कांग्रेसबाट खान सिफारिस



पहिलोपोस्ट

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुखमा कांग्रेसबाट खान सिफारिस

बुटवल : आसन्न स्थानीय तह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

संविधान सभा सदस्यसमेत रहेको खानलाई नगरको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरिएको नगर सभापति कोसिश खड्काले जानकारी दिए।

सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेको छ। त्यहाँ  उपप्रमुख माओवादी केन्द्रलाई दिने तयारी छ।

गत निर्वाचनमा सिद्धार्थनगरमा नेकपा एमालेबाट प्रमुखमा हरिप्रसाद अधिकारी र उप प्रमुखमा पनि एमालेकै उमा काफ्लले जितेका थिए।

नगरमा आफ्नो विरासत फर्काउनका लागि समाजमा राम्रो छवी बनाएका र राजनितिक क्षेत्रमा कुनै दाग नलागेका खानलाई चुनावी मैदानमा उतारेको कांग्रेसको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell