PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

गठबन्धनमा ‘गिभ एन्ड टेक’ हुने भन्दै देउवाको प्रश्न : त्यो बेला साथीहरु रोएका थिए, अहिले मैले के बिगारेँ?



पहिलोपोस्ट

गठबन्धनमा ‘गिभ एन्ड टेक’ हुने भन्दै देउवाको प्रश्न : त्यो बेला साथीहरु रोएका थिए, अहिले मैले के बिगारेँ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोडिने दाबी गरेका छन्।

मंगलवार नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५३औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताएका हुन्। गठबन्धन गरेर आफूले गल्ती नगरेको देउवाको भनाइ थियो।  

‘के बिगारेँ मैले? कांग्रेस पार्टीलाई सरकारमा ल्याउने नै मेरो गल्ती हो भने मलाई गल्ती गरे भने हुन्छ। त्यसकारण प्रधानमन्त्री भएर के बिगारेँ मैले? राम्रै गरेको छु त मैले। यस्तो अवस्थामा अहिले जो हाम्रो गठबन्धन छ, यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ अहिले बेस्सरी। गठबन्धन टुटेपछि फेरी त्यही हालत हुने हो’, उनले भने, ‘ओलीको एमाले मिलेपछि के हालत थियो हाम्रो पार्टीको? देशभरी कसरी हाम्रो साथी रोएका थिए?’

देउवाले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न निर्देशन पनि दिए। साथै, गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको स्मरण समेत गराए।

देउवाले कांग्रेलाई सरकारमा ल्याएर आफूले राम्रो काम गरेको दाबी गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै उनले संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोहीसँग मिल्नै पर्ने बाध्यता रहेको बताए। लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनको मत थियो।

‘अब यो गठबन्धनलाई अगाडि लिएर जानु छ। गठबन्धन भनेपछि गिभ एण्ड टेक हुन्छ नि। तपाईँलाई सबैकुरा दिनलाई त गठबन्धन बनेको होइन नि। उसले पनि केही पाउनका लागि गठबन्धन बनेको हो’, देउवाले भने, ‘ठिक छ, कांग्रेस पार्टी ठूलो पार्टी छ, ठूलै पार्टी होस्। सानो पार्टी हामी पनि हुन पाउँ भनेका छन् उनीहरुले। उनीहरुको अधिकार हो नि।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell