PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

गठबन्धन देखेर ओली थरथरी काँपिरहेका छन् : रामचन्द्र पौडेल



पहिलोपोस्ट

गठबन्धन देखेर ओली थरथरी काँपिरहेका छन् : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा एमाले अध्यक्ष केपी ओली डराएको बताएका छन्। मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले गठबन्धनको शक्ति देखेर ओली थरथरी कामेको बताएका हुन्।

‘यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन्। केपी ओली हतास भएका छन्। हतास अभिव्यक्ति दिइरहेका छन्’ उनले भने।

सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उनको आरोप थियो।

गठबन्धन सत्ताको लागि नभई व्यवस्थाको लागि बनेको उनको दाबी थियो। गठबन्धनका दलहरुले आ-आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरुसम्म एकतावद्ध भएर जानुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा उनले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीहरुलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने समेत बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell