PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अपमान सहनका लागि जन्मेका होइनौं : माधवकुमार नेपाल



पहिलोपोस्ट

अपमान सहनका लागि जन्मेका होइनौं : माधवकुमार नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने बताएका छन्।

मंगलबार राजधानीमा आयोजित नेकपा एकीकृत समाजवादीसँग नेकपा गौरवशाली पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताएका हुन्।

उनले गठबन्धनका दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलाई लिएर अपमान गरिए मान्य नहुने समेत बताए।

आफूहरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलार्ई लिएर जिल्ला जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै उनले ती कुराहरु सैह्य नहुने बताएका हुन्।

‘कतिपय ठाउँमा गाह्रो छ। सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै अर्को शक्तिको अवमूल्यन गर्दै अनि अपमानपूर्ण ढंगले व्यवहार पनि गर्दै चल्नु भएको छ भन्ने रिर्पोट पनि आईरहेको छ। हामी अपमान सहनका लागि जन्मेका होईनौं। अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेका हौं, नेपालले भने, ‘हामीलाई आफ्नो शक्ति र सामर्थ्य विश्वास छ। र, हामीले आफ्नो शक्तिको अति मूल्यांकन पनि गर्नु हुँदैन।’

उनले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको भन्दै त्यही लहरले पनि पार्टीको भविष्यबारे बताउने उनले बताए।

‘जनताले ठूलो आशाका साथ हामीलाई हेरिरहेका छन,’ उनले भने।

नेपालले गठबन्धनमा सिट बाँडफाँटबारे छलफल जारी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell