PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

एकीकृत समाजवादीको ३७ बुँदे घोषणा पत्र : भूमाफियाले कब्जा गरेको जमिन फिर्ता गराउने, ३०० युनिट विजुली 'फ्रि'



पहिलोपोस्ट

एकीकृत समाजवादीको ३७ बुँदे घोषणा पत्र : भूमाफियाले कब्जा गरेको जमिन फिर्ता गराउने, ३०० युनिट विजुली 'फ्रि'

काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर घोषणापत्र सार्वजनिक गरेको छ। मंगलवार पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।

३७ बुँदे घोषणापत्रमा समाजवादीले विभिन्न घोषणा गरेको छ। आफूले जित्ने स्थानीय तहमा ३ सय युनिटसम्म विजुली नि:शुल्क गर्ने एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ।

हरेक वडामा बगैँचा बनाउने, फलफूलका विरुवाले सजाउने पनि घोषणा गरिएको छ। घोषणापत्रमा भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सुकुम्बासीलाई बसोवासको व्यवस्था गर्ने घोषणा पनि एकीकृत समाजवादीले गरेको छ। 

कब्जा गरिएका जमिन आफ्नो पार्टीले जितेका ठाउँमा खोजी गर्ने पनि एकीकृत समाजवादीले वाचा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell