PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मकवानपुर कांग्रेसको कार्यालयमा लगाइएको ताला खुल्यो, हेटौँडा उपमहानगरको मेयर पाउनु पर्ने थियो माग



पहिलोपोस्ट

मकवानपुर कांग्रेसको कार्यालयमा लगाइएको ताला खुल्यो, हेटौँडा उपमहानगरको मेयर पाउनु पर्ने थियो माग

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको छ।

पाँच दलीय सत्ता गठबन्धनबाट हेटौँडा उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनु पर्ने माग गर्दै कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका थिए।

सोमवार बालुवाटारमा बसेको बैठकमा हेटौँडा उपमहानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाई दिने प्रस्ताव परेपछि मंगलवार मकवानपुरका कांग्रेस कार्यकर्ताले जिल्ला पार्टी कार्यलयमा तालाबन्दी गरेका हुन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दबाब सिर्जना हुने दाबी गर्दै कार्यकर्ताहरुले नाराबाजीसहित तालाबन्दी गरेका थिए।

मंगलवार दिउँसो भने कांग्रेस कार्यकर्ताहरुले लगाएको ताला करिब २ घण्टापछि जिल्ला सभापति बुद्ध लामाको उपस्थितिमा खोलिएको हो।

सो क्रममा जिल्ला सभापति लामाले पार्टी कार्यालयले ताला लगाउनेलाई हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell