PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पल शाह प्रकरणमा पीडित किशोरीका बुबाले पनि फेरे बयान : पछि बुझ्दा खेरी जबर्जस्ती करणी गरेको रहेनछ



पहिलोपोस्ट

पल शाह प्रकरणमा पीडित किशोरीका बुबाले पनि फेरे बयान : पछि बुझ्दा खेरी जबर्जस्ती करणी गरेको रहेनछ

काठमाडौं : अभिनेता पूर्णविक्रम शाह ( पल) प्रकरणमा पीडित किशोरीका बुबाले पनि बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्।

‘अरु सबै कुरा उस्तै छ तर अन्तिम तिर उहाँले पछि बुझ्दा खेरी जबर्जस्ती करणी गरेको रहेनछ भनेर बयान दिनु भयो,’ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने।

दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले अभिनेता शाहलाई चैत १० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो।

थुनछेकपछि आइतवारबाट अदालतमा बकपत्र लिइएको थियो। आइतवार पीडित किशोरीले पनि सरकारी वकिलसमक्ष लिएको बयान भन्दा फरक बयान दिएकी थिइन्। उनले पनि उक्साहटमा उजुरी दिएको र करणी नभएको भन्दै शाहको बचाउ गरेकी थिइन्।

फागुन ११ गते किशोरीका तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको थियो। त्यसको चार दिनपछि शाह पक्राउ परेका थिए। शाहले जिल्लाको थुनछेक आदेशउपर उच्च अदालतमा निवेदन समेत दिइसकेका छन्।

किशोरी र उनका बुवाको अदालतमा भएको बयान दबाब र प्रभावमा परेर आएको बुझिएको छ। त्यस्ता धेरै उदाहरण छन् जहाँ बकपत्र फेरिँदा जाहेरवाला नै कारबाहीमा परेका छन्।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ मा बयान फेर्नेलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell