.png)
काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आसन्न स्थानीय तह निर्वाचनमा फेरि आफैले टिकट पाउने दाबी गरेका छन्।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका उनले आफू पनि प्रमुख पदको दाबेदार भएको भन्दै टिकट पाउनेमा आशावादी रहेको बताए।
‘जितेको मेयर हुँ। मैले नै टिकट पाउँछु, जित्ने पनि नै मै हुँ’ उनले भने।
नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर प्रमुख पदका ला सात जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेमा बहालवाला महानगर प्रमुख महर्जन र उप्रप्रमुख गीता सत्याल, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जन छन्।
यस्तै, चिरिबाबुले यसअघिको निर्वाचनमा कांग्रेसले जितेको स्थान छाड्न नसक्ने बताए। तर, गठबन्धनमा हुने भागबन्डा भने स्वीकार हुने उनले बताए। ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रुमखमा कांग्रेसकै दाबी रहेको उनले बताए।
‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौं। तर हामी ललितपुर छोड्दैनौँ । हामीले त जितेको ठाउँ हो नि । छोड्ने भन्ने त प्रश्नै आउँदैन। मेयर उपमेयर हामी राख्छौं। २९ वडामा १९ वडा भागबन्डा गर्छौ। १० वडा हामी नै राख्छौं। भागबन्डा गर्दाखेरी हामी घटीमा पनि ५० प्रतिशत लिन्छौं’ उनले भने।
सत्तारुढ गठबन्धनमा ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसकै उम्मेदवारलाई प्रतिस्पर्धा गराउनेबारेमा सहमति भइसकेको छ।