PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

गठबन्धन बैठकअघि देउवालाई नेताहरु भनेका थिए : एकीकृत समाजवादीलाई पोखरा दिनु अव्यवहारिक



पहिलोपोस्ट

गठबन्धन बैठकअघि देउवालाई नेताहरु भनेका थिए : एकीकृत समाजवादीलाई पोखरा दिनु अव्यवहारिक

काठमाडौं : सत्तारुढ गठबन्धनमा आसन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने टुंगो लागेको छ। आज बालुवाटारमा बसेको बैठकमा पोखरा महानगरपालिकासहित ६ महानगरको भागबन्डा टुंगिएको हो। जसअनुसार पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति भएको हो।

तर, पोखरा महानगरका कांग्रेस नेताहरु भने महानगरमा तालमेलको विपक्षमा छन्। आज पनि गठबन्धनको बैठकअघि कास्कीका नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। उनीहरुले पोखरा महानगर कांग्रेसले छाड्न नहुने बताएका थिए।

‘हामीले हाम्रो तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा कांग्रेसको नेतृत्व हुनुपर्छ भन्ने कुरा जोडदार रुपमा भनेका छौं। हामीले ६०-६५ हजार मत होल्ड गर्दछौं। त्यो मत थोरै मत भएका चुनाव चिह्नमा लगेर खन्याउने कुरा ज्यादै अव्यवहारिक छ,’ पूर्व मन्त्री समेत रहेका यज्ञबहादुर थापाले गठबन्धनको बैठक अघि पत्रकारहरुसँग भनेका थिए।

उनले त्यही बेला नै पोखरा महानगर कांग्रेसलाई दिनेबारेमा आशंका रहेको समेत बताएका थिए। अन्तत: गठबन्धनले पोखरा महानगरपालिकाको प्रमुख एकीकृत समाजवादीलाई नै दिने निर्णय गर्‍यो।  

पोखराका नेताहरुले भने आफूहरु गठबन्धन भत्काउनु पक्षमा नरहेको तर महानगर एकीकृत समाजवादीलाई दिइनु अव्यवहारिक भएको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell