PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

स्थानीय तह निर्वाचन: सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र मधेश प्रदेशमा



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन: सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र मधेश प्रदेशमा

जनपुरधाम: स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र मधेश प्रदेशमा रहेका छन्।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान केन्द्रलाई ३ तहमा वर्गीकरण गरेको छ। सो वर्गीकरण अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र छन्।

मधेश प्रदेशमा १ हजार ६३ वटा ‘अति संवेदनशील’ मतदान केन्द्र रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिए।

विगतका निर्वाचन बिथोलिएको मतदान केन्द्र र झडपसमेत भएका केन्द्रलाई अति संवेदनशीलको रुपमा सुरक्षा निकायले लिएको रञ्चितकारले बताए। यस्तै, मधेश प्रदेशमा संवेदनशील मतदान केन्द्र ८८८ र सामान्य मतदान केन्द्र २१२ वटा रहेको उनले जानकारी दिए।

रञ्जितकारले विगतमा भन्दा अहिले सुरक्षा थ्रेटभन्दा पनि सुरक्षा चुनौती बढी रहेको बताए। विगतसँग तुलना गर्दै रञ्जितकारले अहिले विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, सानासाना समूहहरुले गर्दा सुरक्षा थ्रेट रहेता पनि अहिले राजनीति मूल प्रवाहमा आइसकेकाले सुरक्षा अवस्था विगतभन्दा अहिले सामान्य रहेको समेत बताए।

उनले खुला सीमाका कारण स-साना हातहतियारले सुरक्षा चुनौती रहेको बताए। खुला सीमानाबाट निर्वाचनको ७२ घण्टा अघिदेखि नै पूर्णरुपमा आवतजावत ठप्प हुने उनेल बताए। उनले ८ वटा जिल्लामा राजनीतिक गतिविधि पनि समान्यरुपमै भइरहेकाले सतर्कतापूर्वक प्रहरीले काम गरिरहेको बताए।

‘विप्लव नेतृत्वको नेकपा, सिके राउत नेतृत्वको जनमत पार्टीको उच्छृंखल गतिविधि र खुला सीमा नाकाबाट हतियार ओसारपसार हुँदा आउने सुरक्षा चुनौतीका कारण मधेशका धेरै मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको हो,’ उनले भने।

सत्ता गठबन्धन र विपक्षी दलसँग हुन सक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरिएको प्रहरीले जनाएको छ।

सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदान स्थल अति संवेदनशिल मानिएको छ।

त्यस्तै सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदान स्थललाई संवेदनशील मानिएको छ। सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदान स्थल सामान्य मानिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell