PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

‘वीरगंज महानगरमा एमाले र लोसपाबीच तालमेल भएको छैन’



पहिलोपोस्ट

‘वीरगंज महानगरमा एमाले र लोसपाबीच तालमेल भएको छैन’

वीरगंजः आसन्न स्थानीय तहको चुनावमा मधेश प्रदेशको एक मात्र महानगर वीरगंजमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच कुनै पनि तालमेलको निर्णय नभएको दलहरुले प्रस्टीकरण दिएका छन्। महानगरमा तालमेल भएको समाचार गलत भएको दुबै दलले बताएका छन्।

एमाले पर्साका नेता एवं केन्द्रीय सदस्य राजकुमार गुप्ताले तालमेलको प्रयास भए पनि औपचारिक निर्णय नभएको बताए।

‘वीरगंज महानगरमा मात्रै तालमेल गर्नेबारे छलफल भएको हो। सहमति भएको होइन,’ उनले भने।

अर्का केन्द्रीय सदस्य अरविन्द सिंहले पनि तालमेलबारे औपचारिक निर्णय नभएको बताए। सिंहले बुधबारसम्म तालमेलबारे निर्णय हुने बताए।

एमालेले वीरगंज महानगर प्रमुखमा विजयकुमार सरावगीलाई अघि सार्ने र लोसपाबाट उपमेयरमा मात्र तालमेल गर्न खोजेको छ। वडास्तरमा छुटाछुटै चुनावमा भाग लिने एमालेको तयारी छ।

लोसपाका नेता तथा प्रदेश सभा सदस्य रमेश कुर्मीले एमालेसँगको तालमेलबारे खासै छलफल नभएको बताए। कुर्मीले तालमेलबारे निर्णय नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell