PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

आर्मी र एपीएफ मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा



पहिलोपोस्ट

आर्मी र एपीएफ मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा

काठमाडौं: दुई विभागीय टीम नेपाल आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा पुगेका छन्। अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाइनल खेल सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले सुदुरपश्चिमलाई ३७–३२ ले हरायो।

देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell