PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

लखनउलाई हराउँदै बेङ्ग्लोर शीर्ष दुईमा, शतकबाट चुके डुप्लिसिस



पहिलोपोस्ट

लखनउलाई हराउँदै बेङ्ग्लोर शीर्ष दुईमा, शतकबाट चुके डुप्लिसिस
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लखनउ सुपर जाइन्टमाथि जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोस्ट्स एकेडेमीको मैदानमा सम्पन्न खेलमा बेङ्ग्लोरले लखनउमाथि १८ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। बेङ्ग्लोरका लागि कप्तान फाफ डुप्लिसिसले सर्वाधिक ९६ रन बनाउँदा शहबाज अहमेदले २६, ग्लेन म्याक्सवेलले २३ तथा दिनेश कार्तिकले अविजित १३ रनको योगदान दिएका थिए।

बलिङतर्फ लखनउका दुश्मन्ता चमीरा र जेसन होल्डरले समान २ विकेट लिँदा क्रुणाल पाण्ड्याले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउले ८ विकेट गुमाउँदै १६३ रनमा समेटियो। लखनउका लागि क्रुणाल पाण्ड्याले सर्वाधिक ४२ रन बनाउँदा कप्तान केएल राहुलले ३० रन बनाए। त्यस्तै मार्कस स्टोइनिसले २४ रन बनाउँदा दीपक होडा र आयूस बडोनीले समान १३ रन जोडे।

लखनउलाई लक्ष्य सम्म पुग्न नदिन बेङ्ग्लोरका जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिँदा हर्षल पटेलले २ तथा मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

जितसँगै बेङ्ग्लोर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको गुजरात र बेङ्ग्लोर समान १० अंक जोडे पनि नेटरनरेटका आधारमा गुजरात अगाडि छ। ८ अंक जोडेको लखनउ भने तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell