PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भारतीय अभिनेत्री काजल अग्रवाललाई पुत्रलाभ



पहिलोपोस्ट

भारतीय अभिनेत्री काजल अग्रवाललाई पुत्रलाभ

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छिन्। पहिलो सन्तानको रूपमा उनले छोरालाई जन्म दिएकी हुन्।

उनले हिजो मंगलवार १९ अप्रिलमा छोरालाई जन्म दिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। तर, यस बारेमा काजल आफैँले औपचारिक जानकारी भने दिएकी छैनन्।

काजलले गत पुस अर्थात नयाँ वर्षको अवसरमा आफू गर्भवती भएको बताएकी थिइन्। त्यसपछि उनले बेबी बम्प देखिने गरी तस्बिरहरू समेत शेयर गरेकी थिइन्।

काजल अग्रवाल सन् २०२० अक्टोबरमा गौतम किचलूसँग बैवाहिक बन्धनमा बाधिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell