PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

१० वर्षमा पहिलोपटक घट्यो नेटफिल्क्सको ग्राहक संख्या, थप २० लाख स्बस्क्राइबर घट्ने प्रक्षेपण



पहिलोपोस्ट

१० वर्षमा पहिलोपटक घट्यो नेटफिल्क्सको ग्राहक संख्या, थप २० लाख स्बस्क्राइबर घट्ने प्रक्षेपण
Photo : pocket-lint

नेटफिल्क्स स्बस्क्राइबरको संख्या पछिल्लो १० वर्षमा पहिलोपटक घटेको छ। जायन्ट स्ट्रिमिङ कम्पनीले पछिल्लो १०० दिनमा मात्रै २ लाख बढी ग्राहक गुमाएको छ।

अमेरिका, बेलायत लगायतका आफ्नो मुख्य बजार रहेको देशमा ‘स्ट्रिमिङ कस्ट’ (मूल्य) बढाएपछि नेटफिल्क्सको ग्राहक संख्या घटेको हो। यस्तै, युक्रेनमाथि आक्रमण गरेपछि रसियामा स्ट्रिमिङ बन्द गर्नाले पनि कम्पनीको गाह्रक संख्या घटेको हो। रसियामा सेवा बन्द गर्दा नेटफिल्क्सका ७ लाख ग्राहक प्रभावित भएका छन्। यस्तै, सेवाको मूल्य बढाएसँगै अमेरिका र क्यानडाबाट ६ लाख गाह्रकले सेवा नविकरण गरेनन्। 

नेटफिल्क्सले आउने समय थप ग्राहक घट्ने प्रक्षेपण गरेको छ। पासवर्ड सेयरिङका कारण पनि ग्राहक संख्यामा कमी आएको नेटफिल्कसको दाबी छ।

जुलाइसम्म थप २० लाख गाह्रक घट्ने भनेर नेटफिल्क्सले आफ्ना लगानीकर्तालाई सचेत गराइसकेको छ। कोरोना भाइरस महामारीको समयमा नेटफिल्क्सको गाह्रक संख्या ह्वात्तै बढेको थियो। हाल पनि नेटफिल्क्सका २२० मिलियन स्बस्क्राइबर छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell