PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सर्वोच्चको आदेशपछि राष्ट्र बैंक फर्किए गभर्नर महाप्रसाद अधिकारी, 'अर्थमन्त्रीसँग व्यक्तिगत समस्या छैन'

सर्वोच्चको आदेशपछि राष्ट्र बैंक फर्किए गभर्नर महाप्रसाद अधिकारी, 'अर्थमन्त्रीसँग व्यक्तिगत समस्या छैन'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : गभर्नर महाप्रसाद अधिकारी आजबाट पदीय जिम्मेवारी पूरा गर्न नेपाल राष्ट्र बैंक फर्किएका छन्। सरकारले निलम्बन गरेका गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले दैनिक काममा फर्किन आदेश दिएसँगै उनले राष्ट्र बैंक पुगेर कार्यभार सम्हालेका हुन्।

राष्ट्र बैंक पुग्दा गभर्नर अधिकारीलाई कर्मचारीहरुले माला र खादा लगाएर स्वागत गरेका थिए।

मंगलवार अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै वैशाख १३ गते दुबै पक्षलाई डाकेको छ।

सरकारले चैत २४ गते छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन गरेको थियो। त्यसविरुद्ध अधिकारी सर्वोच्च पुगेका थिए। राष्ट्र बैंक ऐन अनुसार सरकारले गभर्नरलगायत संचालकमाथि छानबिन थालेपछि स्वत: निलम्बनको व्यवस्था छ। निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा मंगलवार भएको बहसपछि न्यायाधीश हरिप्रसाद फुयालले अधिकारीलाई तत्काल निलम्बन नगर्न अन्तरिम आदेश दिएका थिए।

अदालतबाट पुनर्स्थापित भएपछि राष्ट्र बैंकको काममा फर्किएका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग व्यक्तिगत रुपमा केही समस्या नरहेको बताए।

'गभर्नर र अर्थमन्त्री भन्ने व्यक्तिगतभन्दा पनि संस्था हो' भन्दै उनले अहिले विकास भएको घटनाक्रमबाट काममा प्रभाव पर्न नदिन सतर्क रहेको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell