PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

जात्राका क्रममा बालिकालाई यौन दुर्व्यवहार गर्ने दुई जना समातिए



पहिलोपोस्ट

जात्राका क्रममा बालिकालाई यौन दुर्व्यवहार गर्ने दुई जना समातिए

काठमाडौं : १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

शंखरापुर नगरपालिका-७ साल्खा टोल बस्ने ४९ वर्षीय भूपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

शंखरापुर नगरपालिका-६ स्थित बज्रयोगीनीको मूल जात्रामा मानिसहरूको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने सूचना आएपछि प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell