PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

केन्द्रमा भएको भागबन्डाप्रति रुष्ट बने कास्कीका कांग्रेस कार्यकर्ता, जिल्ला कार्यालयमा लगाए ताला



पहिलोपोस्ट

केन्द्रमा भएको भागबन्डाप्रति रुष्ट बने कास्कीका कांग्रेस कार्यकर्ता, जिल्ला कार्यालयमा लगाए ताला

पोखरा : पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारी नेकपा (एकीकृत समाजवादी)को भागमा परेपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ।

गठबन्धनको निर्णयबाट रुष्ट रहेका कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालयमा बुधवार ताला लगाएका हुन्।

पोखरा महानगर समिति सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाको 
नेतृत्वमा विज्ञप्ति जारी गरी तालाबन्दीको गरिएको हो। एकीकृत समाजवादीलाई प्रमुख दिनु कांग्रेसको आत्मसम्मान चोट लाग्नु बताएका छन्।

‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौँ। यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ,’ विज्ञप्तिमा भनिएको छ।

मंगलवार बालुवाटारमा बसेको गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई पोखरा महानगरपालिका दिने निर्णय गरेको थियो।

सत्तारुढ गठबन्धनमा भागबन्डा मिले पनि कांग्रेसका स्थानीय नेताहरु भने असन्तुष्ट छन्। पोखराका नेताहरुले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोखरा छोड्न नसक्ने बताएका थिए। यस्तै, भरतपुरका कांग्रेस नेताहरु पनि गठबन्धनको विपक्षमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell