PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

आईपीएलका 'कन्ट्रोभर्सी पात्र' ललित मोदीमाथि फिल्म बन्दै



पहिलोपोस्ट

आईपीएलका 'कन्ट्रोभर्सी पात्र' ललित मोदीमाथि फिल्म बन्दै
Photo : Cricket Tracker

इण्डियन प्रिमियर लिग (आईपीएल) का पहिला कमिश्नर ललित मोदीमाथि फिल्म बन्ने भएको छ। '८३', 'थलाइबी' लगायतका फिल्मका प्रोड्युसर विष्णु वर्धन इन्दुरी यो फिल्म लिएर आएका हुन्। यो फिल्म खेल पत्रकार बोरिया मजुमदारको पुस्तकमा आधारित हुनेछ। फिल्मको कलाकारबारे अझै टुंगो लागेको छैन।

सन् २००५ देखि २०१० सम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डको उपाध्यक्ष रहेका मोदीलाज्ञ आईपीएलका 'गड फाडर' समेत भनिन्छ। सन् २०१० मा धाँधलीको आरोपमा उनलाई आईपीएलको कमिश्नरबाट निलम्बित गरिएको थियो। त्यस्तै उनी बीसीसीआईको उपाध्यक्ष पदबाट पनि निलम्बित भएका थिए। मनि लण्ड्रिङको आरोप पछि सोही वर्ष उनी भारतबाट फरार भएका थिए।

फिल्ममा उनको जीवनको कन्ट्रोभर्सीहरुबारे देखाइने बताइएको छ। आईपीएल सुरु हुँदैबाट उनले आफ्नो परिवारका सदस्यहरुलाई विभिन्न पद दिलाएका थिए। सँगैसँगै उनी धेरै यस्ता कामहरु गरे जसले उनको परिवार र साथीहरुलाई फाइदा गर्ने थियो। सन् २००८ मा पहिलो संस्करणबाटै आईपीएल चर्चित भएपछि उनीले वाहीवाही बटुलेका थिए। त्यसपछि खेलकुदकै अन्य प्रोजेक्टमा पनि लागे तर त्यसमा उनी फ्लप हुन पुगे।

केही समयमा बिस्तारै आईपीएलमा उनको स्वार्थबारे कुराहरु खुल्दै गए। र, २०१० मा आईपीएल र बीसीसीआईको पदबाट उनी बाहिरिनु पर्‍यो। त्यसबेलाका मिडिया रिपोर्टका अनुसार उनीमाथि २२ वटा आरोप लागेका थिए, जसमा आफ्नो परिवारलाई कन्ट्राक्ट दिएको, आईपीएलको ब्रोडकास्टलाई आफ्नो फाइदामा प्रयोग गरेको, निलामीमा धाँधलीगरेका लगायतका आरोप छन्।

दिल्लीका व्यापारी उनले अमेरिकाबाट इन्जिनियरिङको पढाइ गरेका थिए। भारत फर्किएपछि उनले त्यहाँको क्रिकेट क्रेज देखे। अमेरिकाका खेलहरुबाट प्रभावित उनले आईपीएलको सपना देखे र यसलाई साकार पार्न जुटे।

आमाको साथीसँग गरेका थिए विवाह

विदेशमा पढाइका क्रममा उनी आफ्नी आमाको साथीसँग प्रेममा परेका थिए। मोदी आफूभन्दा करिब एक दशक जेठी मिनलसँगको प्रेममा थिए। तर, मिनलको विवाह नाइजेरियाका व्यापारी ज्याक सागरानीसँग हुन लागेको थियो। उनको विवाहको ठीक अगाडी मोदीले प्रेम प्रस्ताव राखे। तर, रिसाएकी मिनलले ४ वर्षसम्म मोदीसँग बोलचाल गरिनन्।

अर्कोतर्फ सागरानी र मिनलको सम्बन्ध लामो समय टिकेन र चाँडै डिभोर्स गर्ने निर्णयमा पुगे। डिभोर्सपछि मिनल र मोदी फेरि नजिकिए। घरपरिवारको विरोधका बावजुत सन् १९९१ मा उनले मिनलसँग विवाह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell