PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

एपीएफलाई हराउँदै आर्मी मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको च्‍याम्पियन



पहिलोपोस्ट

एपीएफलाई हराउँदै आर्मी मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको च्‍याम्पियन

धनगढी: मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो।

देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई ४०–१६ ले हरायो। यसअघि मंगलवार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले सुदुरपश्चिमलाई ३७–३२ ले हराएको थियो।

कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ। उपविजेता एपीएफले नगद ८० हजार प्राप्त गर्‍यो।

सेमीफाइनल पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन्। दुबै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell